अब एसइईमा ३५ प्रतिशत अंक नल्याउने विद्यार्थीको नतिजा ननग्रेडेड

अब एसइईमा ३५ प्रतिशत अंक नल्याउने विद्यार्थीको नतिजा ननग्रेडेड

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा लेटर ग्रेडिङ निर्देशिका–२०७८ लागू गर्ने भएको छ । एसइई परीक्षा आगामी चैत १५ देखि २८ गतेसम्म सञ्चालन गर्ने बोर्डको कार्यतालिका छ।

बोर्डका अध्यक्ष महाश्रम शर्माले यसवर्ष परीक्षार्थीले नयाँ पाठ्यक्रमअनुसार परीक्षा दिने र बोर्डले लेटर ग्रेडिङ निर्देशिका–२०७८ अनुसार नतिजा प्रकाशन गरिने बताए।

उनका अनुसार बोर्डले आगामी चैत १५ देखि २७ गतेसम्म नियमित तथा ग्रेडवृत्ति परीक्षा सञ्चालनका लागि तालिका सार्वजनिक भइसकेको छ। यसवर्ष परीक्षामा सहभागी हुनेले प्रत्येक सैद्धान्तिक विषयमा ३५ प्रतिशत अंक ल्याउनैपर्ने प्रावधान गरिएको उनले बताए।

३५ प्रतिशत अंक नल्याउने विद्यार्थीको रिजल्ट ननग्रेडेड हुनेछ। यसवर्ष एसइईमा नियमित र ग्रेडवृद्धि तर्फ समेत गरी ४ लाख ८९ हजार परीक्षार्थी परीक्षामा सामेल हुँदैछन्। बोर्डले कक्षा ११ र १२ मा भने यसअघि नै लेटर ग्रेडिङ प्रणाली लागू गरिसकेको छ।

Skip This
Skip This
Logo