बुढानीलकण्ठ नगरपालिकाले माग्यो करारमा स्वास्थ्य सेवाका कर्मचारी

बुढानीलकण्ठ नगरपालिकाले माग्यो करारमा स्वास्थ्य सेवाका कर्मचारी

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ । बुढानीलकण्ठ नगरपालिकाले करारमा कर्मचारी माग गरेको छ।नगरपालिकाले आज एक सूचना जारी गर्दै नगर अस्पतालमा सेवा करारमा कर्मचारी माग गरेको हो।

अस्पताल निर्देशक, मेडिकल अधिकृत, स्टाफ नर्स लगायत पदका स्वास्थ्य सेवाका कर्मचारी सेवा करारबाट पदपूर्ति गर्नुपर्ने भएकोले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूले सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र माग बमोजिमका प्रमाणपत्र र यस नगरपालिकाको राजश्व शाखामा राजश्व दाखिला गरेको सक्कलै रसिद सहित दरखास्त दिन नगरपालिकाले आह्वान गरेको हो ।

आवेदन आह्वान सम्बन्धी विस्तृत सूचना बुढानीलकण्ठ नगरपालिकाको वेबसाइट www.budhanilkanthamun.gov.np बाट प्राप्त गर्न सकिनेछ । पदपूर्ति सम्बन्धी आवश्यक प्रक्रिया बुढानीलकण्ठ नगरपालिका, करारमा प्राविधिक कर्मचारी व्यवस्थापन गर्ने सम्बन्धी कार्यविधि, २०७५ बमोजिम हुनेछ ।

हेर्नुस् सूचना :

Skip This
Skip This
Logo