बालीको उचित मूल्यको माग गर्दै फ्रान्सका किसान सडकमा

बालीको उचित मूल्यको माग गर्दै फ्रान्सका किसान सडकमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । फ्रान्सका किसानहरूले देशका प्रमुख सडकहरू बन्द गरेका छन्। उनीहरुले उत्पादनको उचित मूल्य नपाएको भन्दै आन्दोलन गरेका हुन्। आन्दोलनका क्रममा किसानहरुले आफ्ना उत्पादनका क्रेटहरु नै सडकमा फालेका छन्।

सबैभन्दा खराब अवस्था राजधानी पेरिसको रहेको जनाइएको छ। किसानले बालीको कम मूल्य, हरित नियमन र स्वतन्त्र व्यापार सम्झौतालाई तत्काल कार्यान्वयन गर्न माग राखेर प्रदर्शन गरेका हुन्।

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन गणतन्त्र दिवसको प्रमुख अतिथिका रूपमा भारतको राजकीय भ्रमणमा आएका बेला फ्रान्समा किसान आन्दोलन चरम सीमामा पुगेको हो।

फ्रान्सेली किसानहरूले देशको दक्षिणपश्चिममा दुई हप्ता अघि सुरु भएको विरोध प्रदर्शन अझै जारी रहेको बताएका छन्। आफ्ना माग पूरा नभएसम्म आन्दोलन जारी रहने उनले बताए। नयाँ प्रधानमन्त्री गेब्रियल अटलका लागि किसानको आन्दोलन पहिलो ठूलो चुनौतीको रुपमा हेरिएको छ।

Skip This
Skip This
Logo