काठमाडौँमा आज यस वर्षकै धेरै चिसो महसुस

काठमाडौँमा आज यस वर्षकै धेरै चिसो महसुस

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ । काठमाडौंमा यस वर्षकै सबैभन्दा बढी चिसो महसुस भएको छ। आज काठमाडौँको न्यूनतम तापक्रम ३ डिग्रीमा झरेपछि अघिल्ला दिनको तुलनामा बढी चिसो भएको हो।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बिहीबार बेलुका गरेको मापनमा काठमाडौँको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस रहेको जनाएको छ । जुन यो वर्षको हिउँदयाममा अहिलेसम्मकै कम तापक्रम मापन हो।

शुक्रबार बिहान पौने ६ बजे भने काठमाडौंको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस मापन भएको छ। यसअघि माघ ८ गते साँझ काठमाडौंको न्यूनतम तापक्रम ३.२ डिग्री सेल्सियस मापन भएको थियो।

अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हिँउदे वर्षा नभएपनि माथिल्लो तहमा चिसो बादल आएकाले मौसम चिसिएको छ। त्यसैले उपत्यका लगायत देशैभर जाडो झन् बढ्दो क्रममै छ। महाशाखाले तापक्रमको पछिल्लो अपडेट हरेक दिन बिहान पौने ९ बजे र बेलुका पौने ६ बजे सार्वजनिक गर्दै आएको छ।

Skip This
Skip This
Logo