शनिबारदेखि परेको अविरल वर्षाका कारण काभ्रेको मण्डनदेउपुर नगरपालिकामा विभिन्न ठाउँहरुमा सडक अबरुद्ध भएको छ ।
ठाउँ ठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध भएपछि यात्रुहरु बीच बाटोमै अलपत्र परेका छन् । कतिपय ठाउँमा बिजुलीका पोलहरु पनि ढलेका छन्। पोल ढलेपछि नगरपालिकाका बिभिन्न वडाहरुमा बिधुत आपुर्ती पनि बन्द भएका छन् ।
आज मुलुकका धेरैजसो स्थानमा सामान्य बदली रही केही स्थानमा मेघ गर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानूमान महाशाखाले जनाएको छ । देशको पहाडी भू–भागका एक–दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको र चुरेबाट बहने नदीमा पानीको वहावमा आकस्मिक बृद्दि हुन सक्ने भएकोले नदी आसपासमा रहनेहरुलाई सतर्क रहन अनुरोध गरेको छ ।
यसका साथै सडक यातायातमा पहिरो, भू–क्षयका कारण अवरोध आउन सक्ने भएकोले यात्रा गर्दा सामान्य सतर्कता अपनाउन अनुरोध गरिएको छ ।




फोटो: ज्ञानमणि कालोटोपी/केन्द्रविन्दु































प्रतिक्रिया