काठमाडौं ।
प्रधानमन्त्री केपी ओलीले आज देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् ।
दिउसो ३ बजे उनले देशवासीका नाममा सम्बोधन गर्न लागेका हुन् । प्रधानमन्त्रीले आज बिहान विघटित संसदका आफ्नो समुहका सांसदसँग छलफल गरेका थिए ।
बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गरेका थिए । आजको बैठकमा गृहमन्त्री रामबहादुर थापा भने सहभागी भएनन् । तर पूर्वमाओवादीबाट मन्त्री बनेका उद्योगमन्त्री लेखराज भट्ट भने बैठकमा सहभागी भएका थिए ।
आइतबार प्रतिनिधिसभा विघटन गरेका प्रधानमन्त्री ओलीले आफू पक्षीय सांसदहरूलाई सोमबार बिहान बालुवाटारमा बोलाएका थिए । यस लगत्तै दिउसो उनले देशवासीको नाममा सम्बोधन गर्न लागेका हुन् ।
बैठकमा आइतबारको पछिल्लो राजनीतिक घटनाक्रमहरुमा छलफल केन्द्रीत भएको थियो । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधीसभा विघटन गरेपछि नेपालको राजनीतिले फरक मोड लिएको छ । यसको अहिले सर्वत्र विरोध भइरहेको छ ।





























प्रतिक्रिया