२३ करोडको सार्वजनिक जग्गा व्यक्तिगत बनाउन चलखेल

२३ करोडको सार्वजनिक जग्गा व्यक्तिगत बनाउन चलखेल

केन्द्रबिन्दु
0
Shares

वीरगन्ज,

वीरगन्ज महानगरपालिकास्थित एक बिघा ९ कट्ठा १० धुर सार्वजनिक (गौचरन) जग्गा व्यक्तिका नाममा बनाउने प्रयास तत्कालका लागि विफल भएको छ । महानगरपालिकाको वडा नम्बर २२ जगरनाथपुरस्थित परवानीपुर–आइसिपी बाइपास सडक नजिक रहेको सो जग्गा काठमाडौं महानगरपालिका वडा नम्बर १७ बस्ने राकेशकुमार मास्केले आफ्नी आमा सावी मास्केका नाममा दर्ता कायम गर्न खोजेपछि स्थानीयको पहलमा रोक लगाइएको हो ।

वीरगन्ज औद्योगिक क्षेत्र नजिक रहेको परवानीपुर–आइसिपी बाइपास सडकखण्डबाट दक्षिण जगरनाथपुर चोक जोड्ने मूल बाटो छेउमा सो जग्गा छ । जगरनाथपुर क्षेत्रमा कट्ठाको ८० लाख रुपैयाँ पर्ने स्थानीय बताउँछन् । यस आधारमा करिब २३ करोड ६० लाखसम्म मूल्य पर्ने सो जग्गा मास्के परिवारले आफ्नो नाममा बनाउन खोजेको स्थानीयले बताए ।

व्यक्तिका नाममा बनाउन तयार पारिएका कागजातका आधारमा राकेशकुमारले पर्सा मालपोत कार्यालयबाट बिहीबार सो जग्गा आमा सावीको नाममा दर्ता कायम गराउन लाग्दा स्थानीयले प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईलाई खबर गरेर रोक्न लगाएका हुन् ।

मालपोत कार्यालय रजिस्ट्रेसन फाँटका नासु प्रमोदकुमार मण्डल, वीरगन्ज महानगरपालिका वडा नम्बर २२ का वडाध्यक्ष ग्यासुदिन मिया, काठमाडौं महानगरपालिका वडा नम्बर २९ का प्रशासकीय अधिकृत सुमन अधिकारी, काठमाडौं महानगरपालिका वडा नम्बर २९ बस्ने सावी मास्के, सोही महानगरपालिकाको वडा नम्बर १७ बस्ने सावीका छोरा राकेशकुमार, मालपोत कार्यालय पर्साका अन्य कर्मचारी र केही भूमाफियाको संलग्नतामा साबिकको मनियारी वडा नम्बर ६ को ४२ नम्बर कित्ताको सो जग्गा व्यक्तिका नाममा बनाउने खेल भएको जगरनाथपुरका बासिन्दाको दाबी छ ।
नागरिकबाट

Skip This
Skip This
Logo