सिटिजन लाइफको बिजनेस अवार्डस नाइट

सिटिजन लाइफको बिजनेस अवार्डस नाइट

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सिटिजन लिडर्स नाइट नामक कार्यक्रम आयोजना गरी आफ्नो देशभरका उत्कृष्ट शाखा र आफ्नो सेल्स टिमका सदस्यहरूलाई विभिन्न विधाहरूमा उत्कृष्ट प्रदर्शनका लागि पुरस्कृत गरेको छ ।

कार्यक्रममा कम्पनीका अध्यक्ष प्रदीपजङ पाण्डे तथा प्रमुख अतिथिका रूपमा कम्पनीका ब्रान्ड एम्बेस्डरद्वय हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ तथा सञ्चालक समितिका सदस्यहरू उपस्थित भएको पनि कम्पनीले जनाएको छ ।

कार्यक्रममा कम्पनीका चार जना उदयीमान शाखा प्रमुखहरू, क्षेत्रीयस्तरका चार उत्कृष्ट शाखा प्रमुखहरू, सात उत्कृष्ट शाखा प्रमुखहरू, उत्कृष्ट एजेन्सी म्यानेजरहरू, उत्कृष्ट युनिट म्यानेजरहरू तथा उत्कृष्ट एजेन्टहरूका साथै कम्पनीका विभिन्न क्लबहरूका सदस्यहरूलाई पुरस्कृत गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि र कम्पनीका ब्रान्ड एम्बेस्डरद्वय हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ, कम्पनीका अध्यक्ष प्रदीपजङ पाण्डे तथा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले पनि कार्यक्रममा आ–आफ्नो मन्तव्य प्रस्तुत गरेका थिए ।

Skip This
Skip This
Logo