सिभिल बैंक मोरङको उर्लाबारीमा

सिभिल बैंक मोरङको उर्लाबारीमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

‘समृद्धिका लागि सिभिल बैंक’ भन्ने नाराका साथ अगाडि बढेको सिभिल बैंकले मोरङ जिल्लाको उर्लाबारीमा शाखा सञ्चालनमा ल्याएको जनाएको छ ।

सो शाखाको उद्घाटन उर्लाबारी नगरपालिकाका नगर प्रमुख खड्गबहादुर फागोले गरेका थिए । उक्त शाखाको उद्घाटन समारोहमा प्रमुख अतिथि तथा अन्य विशिष्ट पदाधिकारीहरू, सिभिल बैंकका क्षेत्र नं १ का क्षेत्रीय प्रबन्धक सन्तोषकुमार बुढाथोकी लगायतको उपस्थिती थियो ।

साथै सो क्षेत्रका राजनितिक व्यक्तित्वहरू, उद्योगी, व्यवसायी, तथा सर्वसाधारणको बाक्लो उपस्थिति रहेको भन्दै बैंकले उद्घाटन समारोहमा प्रमुख अतिथि तथा उर्लाबारी नगरपालिकाका नगर प्रमुख खड्गबहादुर फागोद्वारा महिला विकास तथा बालबालिका चेतना केन्द्रलाई आर्थिक सहयोग स्वरूप सिभिल बैंकको तर्फबाट चेक हस्तान्तरण गरिएको जनाएको छ ।

Skip This
Skip This
Logo