अवार्डमार्फत पाएको एक करोड ३० लाख बढी रकम बाँडे सामाजिक संस्थालाई

अवार्डमार्फत पाएको एक करोड ३० लाख बढी रकम बाँडे सामाजिक संस्थालाई

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । वातावरण तथा सरसफाइ अभियन्ता डा.रोशनराज श्रेष्ठले आफूले प्राप्त गरेको एक प्रतिष्ठित अवार्डको एक लाख डलर रकम ‘नेपाल राइजिङ’नामक संस्थालाई सहयोग गरेका छन् ।

बिल एण्ड मेलिण्डा गेट्स फाउन्डेसनका संसारभर रहेका तीन हजारभन्दा बढी कर्मचारीमध्ये सर्वोत्कृष्ट घोषित भइ प्राप्त भएको ‘अन्तर्राष्ट्रिय प्रतिष्ठित ‘बिल गेट्स सिनियर अवार्ड २०२३’ बाट प्राप्त सम्पूर्ण रकम उनले उक्त संस्थालाई सहयोग गरेका हुन् ।

फाउन्डेसनका संस्थापक बिल गेट्सले घोषणा गरेको उक्त अवार्ड विजेता श्रेष्ठले हालै एक समारोहबिच अवार्डबाट प्राप्त एक करोड ३० लाख बढी नेपाली रुपैयाँ नेपाल राइजिङलाई हस्तान्तरण गरेका हुन् ।

वातावरण, सरसफाइ तथा जनस्वास्थ्यमा ३५ वर्ष भन्दा लामो अनुभव संगालेका श्रेष्ठ बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसनमा डेपुटी डाइरेक्टरको रुपमा कार्यरत छन् । बिल एण्ड मेलिण्डा गेट्स फाउन्डेसन विश्वकै धनाड्य बिल गेट्सले स्थापना गरेको परोपकारी संस्था हो ।

Skip This
Skip This
Logo