बालुवाटारको सुबिसु भवनमा लागेको आगो नियन्त्रणमा

बालुवाटारको सुबिसु भवनमा लागेको आगो नियन्त्रणमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौको बालुवाटारस्थित सुबिसुको कार्यालयमा लागेको आगो नियन्त्रणमा आएको छ ।

काठमाडौँ र ललितपुर महानगरको दमकलको सहयोगमा नेपाली सेना र प्रहरीले आगो निभाएका हुन्।

कार्यालयमा रहेको जेनेरेटरबाट आगो सल्किएर नजिकै रहेको पेट्रोलको भण्डारमा समेत फैलिएको थियो।  आगलागीका कारण सुविसुको कार्यालय पूर्ण रुपमा जलेको छ ।क्षतिको विवरण आउन भने बाँकी रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले जानकारी दिए ।

सुबिसुका सञ्चालक सुधीर पराजुलीले आगलागीका कारण बन्द भएको बालुवाटार आसपासको इन्टरनेट सेवा  बिहिबार बिहानसम्ममा सुचारु हुने जानकारी दिए ।

Skip This
Skip This
Logo