अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका अध्यागमन अधिकृत कमल प्रसाद पराजुलीलाई पक्राउ गरेको छ ।
श्रम स्वीकृति नै नलिइ वैदेशिक रोजगारीमा जाने नेपालीलाई प्रस्थान अनुमति दिएको विषयमा अनुसन्धान गर्न पराजुलीलाई नियन्त्रणमा लिइएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
नेपालले श्रम अनुज्ञा नै जारी नगरेको मुलुकमा जाने नेपालीहरु संयुक्त अरब इमिरेट्सको दुबई तथा कतार ट्रान्जिट बनाएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै जाने गरेको उजुरी अख्तियारमा परेको थियो ।





























प्रतिक्रिया