भारतकी पूर्व विदेशमन्त्री सुश्मा स्वराजको निधन

भारतकी पूर्व विदेशमन्त्री सुश्मा स्वराजको निधन

केन्द्रबिन्दु
0
Shares

भारतकी पूर्व विदेश मन्त्री सुश्मा स्वराजको निधन भएको छ । ६७ वर्षीया स्वराजको भारतको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेसमा गएराति निधन भएको भारतीय मिडियाहरूले जनाएका छन् ।

उनलाई राति १० बजेर २० मिनेटमा अस्पतालकोको इमर्जेन्सीमा पुर्‍याइएको थियो । अस्पताल पुर्‍याउँदा उनको निधन भइसकेको बताइएको छ । उनको मृत्यु हृदयाघातका कारण भएको टाइम्स अफ इन्डियाले जनाएको छ ।

सन् २०१६ मा मिर्गौला प्रत्यारोपण गरेकी स्वराजले स्वास्थ्य समस्याकै कारण गएको लोक सभा चुनाव लडेकी थिइनन् । अहिले अस्पतालमा भारतका रक्षामन्त्री राजनाथ सिंहसहित वरिष्ठ मन्त्रीहरू र भाजपासहित अन्य दलका नेताहरू पुगेका छन् । २६ मे २०१४ देखि पाँच वर्ष उनी भारतको विदेश मन्त्री रहिन्। इन्दिरा गान्धीपछि यो जिम्मेवारी सम्हाल्ने उनी दोस्रो भारतीय महिला हुन् ।

सन् १९७७ मा उनी हरियाणाबाट चुनाव जितेर २५ वर्षकै उमेरमा राज्यमन्त्री भएकी थिइन् । उनी दिल्लीको मुख्यमन्त्री समेत भइन् । नेपालमा ०७२ सालमा भएको भारतिय नाकाबन्दी हुँदा उनी बाहालवाला विदेशमन्त्री थिइन् ।

Skip This
Skip This
Logo