प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले ठगी आरोपमा प्रतिमा सिटौलालाई पक्राउ गरेको छ।
काठमाडौं महानगरपालिका–२६ ठेगाना भएकी सिटौलालाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले सोमबार नुवाकोटको विदुरबाट पक्राउ गरेको हो ।
काठमाडौं टोखा नगरपालिका–९ स्थित नाङ्गलो दीप सेभिङ्ग एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेडकी संचालक सदस्य सिटौला सहकारीमा जम्मा भएको एक करोड ८३ लाख १८ हजार ८ सय ७१ रुपैयाँ ठगी गरी फरार भएको अभियोग छ । उनको सहकारीले २०७०/०७१ सालमा २ सय २ जना निक्षेपकर्ताहरुलाई आकर्षक सेवा, सुविधा र उपहार प्रदान गर्ने भन्दै विभिन्न प्रलोभनमा पारी रकम ठगेको प्रहरीले जनाएको छ ।
यो मुद्दामा उच्च अदालत पाटनले २०७३ चैत ७ गते एक महिना कैद सजाय र १८ लाख ३१ हजार ८ सय ८७ रुपैयाँ जरिवाना तोकेको थियो ।सिटौलालाई केन्द्रीय कारागार सुन्धारा चलान गरिएको छ ।































प्रतिक्रिया