काठमाडौं । नेपालले आगामी असोज तेस्रो साता टी-२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने भएको छ । अक्टोबर ३ अर्थात असोज १६ देखि ओमानमा हुने प्रतियोगितामा नेपालसहित पाँच देशको सहभागिता रहनेछ । प्रतियोगितामा आयोजक ओमानसहित नेपाल, आयरल्यान्ड, हङकङ र नेदरल्यान्ड्सले प्रतिस्पर्धा गर्नेछन् ।
पाँच वटै टिमलाई प्रतियोगितामा भाग लिन एक महिनाअघि पत्र पठाएको थियो । नेपाली क्रिकेट टिमका व्यवस्थापक रमन सिवाकोटीले ओमानमा हुने टी-२० प्रतियोगितामा सहभागी हुनेबारे इमेल प्राप्त भएको तर आइसिसीले निर्णय गरेपछि सहभागीता सुनिश्चित हुने बताए ।
२०७३ मा नेपाल क्रिकेट संघ (क्यान) लाई निलम्बन गर्दै आइसिसी नै नेपाली क्रिकेटको व्यवस्थापन हेर्दै आएको छ । उक्त इमेलबारे आइसीसीले यसै साता निर्णय गर्ने उनको भनाई छ ।





























प्रतिक्रिया