वृहस्पति र शनि ग्रह आज नजिक हुँदै

वृहस्पति र शनि ग्रह आज नजिक हुँदै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

सौर्य मण्डलको सबैभन्दा ठूला दुई ग्रह वृहस्पति र शनि सोमबार राति (आज) नजिक हुँदैछन् ।

बीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिका निमित्त कार्यकारी निर्देशक डा. सनतकुमार शर्माले यी दुई ग्रह नजिक आउनु प्राकृतिक प्रक्रिया भए पनि धेरै वर्षपछि नजिक देखिनु खगोलशास्त्री र अन्तरिक्षविद्का लागि विशेष महत्व रहने बताए ।

वृहस्पति र शनि ग्रहबीचको यस्तो प्रक्रिया हरेक २० वर्षको अन्तरालमा देखिए पनि रातिको समयमा नजिक भएर अवलोकन गर्न सकिने अवस्था आठ सय वर्षपछि मात्र आएको हो । उनका अनुसार यस्तो दुर्लभ दृश्य नेपालका सबै ठाउँबाट खाली आँखाले अवलोकन गर्न सकिन्छ ।

उनले शनि र वृहस्पति बिहान ९ बजे अघि नै उदाउने र साढे ७ बजे अस्ताउने भएकाले तथा वृहस्पति र शनिभन्दा माथि सोही समयमा अर्धचन्द्रमा सहित देखिने भएकाले पौने ६ बजेदेखि ७ बजेभित्र अवलोकन गरिसक्नु पर्ने बताए । गोरखापत्रबाट

Skip This
Skip This
Logo