दूरसञ्चारमा नेपाल टेलिकमको वर्चस्व

दूरसञ्चारमा नेपाल टेलिकमको वर्चस्व

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

दुई ठूला दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकम र एनसेलबीच ग्राहक संख्याको अन्तर दिनहुँ बढ्दै गएको छ । छ वर्ष अघिसम्म आक्रामक योजनाका साथमा अगाडि रहेको एनसेल पछिल्लो समय स्वामित्व परिवर्तनसँगै आन्तरिक समस्यामा परेपछि सरकारी स्वामित्वको कम्पनी टेलिकमको ग्राहक संख्या भने उत्साहजनक रुपमा बढेको छ ।

नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले पछिल्लो पटक सार्वजनिक गरेको म्यानेजमेन्ट इन्फमेसन सिस्टम (एमआईएस) अनुसार दुई कम्पनीबीचको अन्तर ५८ लाख नाघेको छ । यो अन्तर भ्वाइस सेवातर्फ मात्रै हो । टेलिफोन तथा सिमकार्ड खरिद गर्नेको संख्या ४ करोड ११ लाख पुगिसकेको छ । जसमध्ये मोबाइलतर्फ सेवाग्राही नै ४ करोड ३ लाख पुगेका छन् ।

एकातर्फ एकभन्दा धेरै सिमकार्ड लिनेको सख्या बढ्दै जानु र अर्कोतर्फ सेवा प्रदायक कम्पनीहरुले ग्रामीण भेगसम्म सेवा विस्तार गर्नुले ग्राहक संख्या बढेका हुन् । केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको जनसंख्याको आँकडा र टेलिफोन तथा सिमकार्ड सेवाग्राहीका आधारमा नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले १३९.२९ प्रतिशतमा दूरसञ्चार सेवा पुगेको जनाएको छ ।

एमआईएस रिपोर्ट अनुसार साधारण टेलिफोन (ल्याण्ड लाइन) प्रयोगकर्ता ७ लाख ९७ हजार छन् । कुल दूरसञ्चार पहुँचमा यो २.७० प्रतिशत हो । रिपोर्ट अनुसार नेपाल टेलिकम २ करोड २४ लाख, एनसेल १ करोड ६५ लाख, स्मार्ट टेलिकमका २० लाख छन् । एमआईएस रिपोर्ट अनुसार टेलिकमको भ्वाइस सेवामा ५५ र एनसेलको ४० प्रतिशत बजार हिस्सा छ बाँकी ५ प्रतिशत स्मार्टको रहेको प्रतिवदेनमा उल्लेख छ ।
कारोबारबाट

Skip This
Skip This
Logo