दाईजो थोरै ल्याएको भन्दै डोलीको हत्या गर्ने श्रीमान् र ससुरा पक्राउ

दाईजो थोरै ल्याएको भन्दै डोलीको हत्या गर्ने श्रीमान् र ससुरा पक्राउ

केन्द्रबिन्दु
0
Shares

रौतहट,
छोरी जन्माएको र दाइजो कम ल्याएको आरोपमा आफ्नै श्रीमती तथा बुहारीको हत्या गरी फरार रहेका श्रीमान् तथा ससुरालाइ रौतहट प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाको दुर्गा भगबती गाउँपालिका वाड नं. ४ बस्ने डोली मिश्रको हत्या गरी फरार रहेका श्रीमान् श्याम प्रकाश मिश्र र ससुरा खोभाडी मिश्रलाइ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ । मृतक भारत बिहार राज्य अन्तर्गत शिवहर जिल्ला पिप्रादी पुनरबासग्राम पंचायत बस्ने बुबा देबेन्द्र मिश्रको जाहेरी अनुसार श्रीमान र ससुरालाइ पक्राउ गरिएको हो ।

डोलीले छोरी जन्माएको र दाइजो कम ल्याएको भन्दै गत २०७२ साल फागुण ७ गते श्रीमान, ससुरा तथा सासु मिली हत्या गरी श्रीमान र ससुरा फरार रहदै आएका थिए । कर्तब्य ज्यान मुद्धामा फरार रहेका श्याम प्रकाश मिश्रले आफनै श्रीमती डोली मिश्रसंग जातिय रिती रिवाज अनुसार बिवाह भएको र विवाह भए देखी नै पटक पटक यातना दिदै आएकोमा सन्तानको रुपमा छोरीको जन्म भए पश्चात छोरी भएको र दाईजो कम ल्याएको निहुमा हत्या गरेको माइती पक्षको आरोप छ ।

जाहेरवालाको अनुसार छोरी डोरी मिश्रलाई श्रीमान् श्याम प्रकाश मिश्र, ,ससुरा खोभाडी मिश्र , सासु सुनैना देवी, देवर सुधिर मिश्र, नन्द निशा कुमारी मिश्र समेत मिली घाँटी थिची मारेको बताइएको छ ।
राजधानीबाट

Skip This
Skip This
Logo