काठमाडौं,
लक्ष्मी बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा आफ्नो १११ औं शाखा काठमाडौंको भैंसेपाटीमा सञ्चालनमा ल्याएकोे जनाएको छ ।
यो शाखा मार्फत बैंकले ग्राहकहरूको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा, लकर सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरू माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ । नयाँ शाखाको साथ लक्ष्मी बैंकको सञ्जाल ४८ जिल्लामा १११ शाखा, २ एक्सटेन्सन काउन्टर र ४ हस्पिटल सेवा काउन्टर पुगेका छन् । यस्तै १३३ एटीएम, २ हजार ५ सय भन्दा बढी रेमिटेन्स एजेन्ट तथा ५८ शाखारहित बैंकिङ एजेन्टहरू पुगेको बैंकले जनाएको छ ।
गण्डकी प्रदेशमा बैंकका शाखा संख्या ११ पुगेको तथा नयाँ शाखाका साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको पनि बैंकले जनायो ।































प्रतिक्रिया