अजितकाे उमेर र अरूणकाे व्यवसायका आधारमा दुई दिनमा रिहा गर्न आदेश

अजितकाे उमेर र अरूणकाे व्यवसायका आधारमा दुई दिनमा रिहा गर्न आदेश

केन्द्रबिन्दु
141
Shares

काठमाडाैँ । काठमाडाैँ जिल्ला अदालतले बाँसबारी जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका अरुण चौधरीसहित तीनजनालाई अब २ दिन भन्दा बढी हिरासतमा नराख्न आदेश दिएको छ।

अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यकाे एकल इजलासले प्रहरीले पक्राउ गरेका अजितनारायण सिंहकाे उमेर र अरूणकुमार चाैधरीकाे व्यवसायलाई आधार बनाउँदै अनुसन्धान अधिकारीकाे हाजिरी जमानामा दुईदिनमा रिहा गर्न आदेश गरेकाे हाे।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीबीआई)ले गत बिहीबार चौधरी, थापा र सञ्जय ठाकुरलाई पक्राउ गरेको थियो । जिल्ला न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले दुई दिन भन्दा बढी हिरासतमा नराख्न आदेश दिएको छ ।

Skip This
Skip This
Logo