चाणक्यका ६ सूत्र : जुन जानेपछि जीवन सुध्रिन्छ

चाणक्यका ६ सूत्र : जुन जानेपछि जीवन सुध्रिन्छ

केन्द्रबिन्दु
0
Shares

१.मेहेनत गरे दरिद्रता रहँदैन, धर्म गर्नाले पाप रहँदैन, चुप लागेर बस्नाले झगडा हुँदैन अनि जागृत रहे डर हुँदैन ।

२.संसार एक तीतो रुख हो, जसका २ वटा फल मात्र मीठा हुन्छन्– एक मधुर बोली र अर्को सज्जनहरूको संगत ।

३.ब्राह्मणहरूको बल विद्या हो, क्षत्रियहरूको बल सेना हो, वैश्यहरूको बल धन हो भने शूद्रहरूको बल सेवा हो ।

४. जुन व्यक्तिका छोराछोरी उसका नियन्त्रणमा रहन्छन्, जसको पत्नी आत्राअनुसार आचरण गर्छन् र जो व्यक्ति आफूले कमाएको धनसँग सन्तुष्ट हुन्छ । त्यस्ता व्यक्तिका लागि यो संसार नै स्वर्ग हो ।

५. त्यही गृहस्थ सुखी हो जसको सन्तानले उसको आज्ञा पालन गर्छन् । आफ्ना छोराछोरीको भरणपोषण र शिक्षादीक्षा राम्रोसँग बाबुको कर्तव्य हो । यसैगरी त्यस्ता व्यक्तिलाई मित्र भन्न सकिँदैन जसप्रति विश्वास गर्न नसकियोस् अनि त्यस्ती श्रीमती व्यर्थ हुन्छिन् जसबाट कुनै पनि प्रकारको सुख प्राप्त नहोस् ।

६. जो मित्र आफ्ना अगाडि पर्दा चिप्लो कुरा गर्छ अनि पिठिउँपछाडि तपाईंको काम बिगारिदिन्छ त्यस्ताको त्याग गर्नुमै भलाइ छ । त्यस्ता व्यक्ति भित्र विषले भरिएको तर मुखमा अलिकति दूध हालिएको घैँटोसमान हुन् ।

Skip This
Skip This
Logo