काठमाडौं,
चौतर्फी आलोचना खेपिरहेको सरकारले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीको तलव वढाएपछि सामाजिक सञ्जालमा यसको व्यापक विरोध भएको छ । गत बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले बढेको तलब साउन १ गतेदेखि नै लागू गर्ने निर्णय गरेको छ ।
राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभा अध्यक्ष, उपप्रधानमन्त्री, मन्त्रीहरूको तलबमा १८ प्रतिशतले वृद्धि गरिएको छ । यसबाट राज्यले अब वार्षिक १८ करोड थप व्ययभार भोग्नु पर्नेछ ।
अब राष्ट्रपतिको तलब १ लाख ७७ हजार पुग्ने भएको छ । यसअघि १ लाख ५० हजार थियो । उपराष्ट्रपतिको १ लाख २५ हजार, प्रधानमन्त्रीको ९१ हजार, सभामुख र उपसभामुखको तलब ७९ हजार हुने भएको छ ।
कसको तलव कति ?
पद तलब
राष्ट्रपति– १ लाख ७७ हजार
उपराष्ट्रपति – १ लाख २५ हजार
प्रधानमन्त्रीको– ९१ हजार
सभामुख– ७९ हजार
उपसभामुख– ७९ हजार
नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया