काठमाडौं,
यस वर्षको अन्तरराष्ट्रिय युवा दिवस साताव्यापी रुपमा मनाइने भएको छ । युवा तथा खेलकूद मन्त्रालय तथा राष्ट्रिय युवा परिषद्को पहलमा संयुक्त रुपमा मनाइन थालिएको हो । यस वर्ष दिवसको अन्तर्राष्ट्रिय नारा ‘शिक्षामा रुपान्तरण’ र नेपालको नारा ‘शिक्षामा रुपान्तरणः उद्यमशीलता र नवप्रवर्तन’ रहेको छ ।
गुणस्तरीय र व्यावसायिक शिक्षाका माध्यमबाट शिक्षामा रुपान्तरण गर्ने र सोको प्रतिफलस्वरुप युवामा उद्यमशीलताको विकास, स्वरोजगार र नवप्रवर्तनमा टेवा पुर्याएर राष्ट्रिय लक्ष्यसँग जोड्ने अभिप्रायका साथ नेपालको नारा तय गरिएको परिषद्का उपाध्यक्ष माधव ढुङ्गेलले जानकारी दिए ।
उनका अनुसार दिवसका अवसरमा मन्त्रालय र परिषद्को आयोजनामा विभिन्न युवा लक्षित कार्यक्रम हुने भएका छन् । दिवसलाई सफल पार्नका लागि खेलकूदमन्त्री जगतबहादुर सुनारको संयोजकत्वमा २०१ मूल समारोह समिति र परिषद्का कार्यकारी उपाध्यक्ष ढुङ्गेलको संयोजकत्वमा १७ सदस्यीय सचिवालयको समेत गठन गरिएको छ ।
दिवसको अवसरमा प्रधानमन्त्री प्रतिभा पुरस्कार घोषणा र वितरण, युवा प्रतिभा तथा उद्यमी सम्मान कार्यक्रम, युवा संवाद कार्यक्रम, युवा उद्यमी सिर्जना कक्ष प्रदर्शनी, युवालाई उत्प्रेरणा र सकारात्मक सन्देश दिन सांस्कृतिक कार्यक्रमसमेत राखिएको छ ।
यसैगरी साउन २७ र २८ गते दुई दिनसम्म युवा उद्यमी कार्यक्रमसमेत गरिने भएको छ । यसैगरी दिवसका अवसरमा वाग्मती सफाइ अभियान, खेलकूद कार्यक्रम र रेडियो तथा टेलिभिजनमा युवाको अवस्था, सम्भावना र अवसर सम्बन्धमा परिसंवाद कार्यक्रमसमेत सञ्चालन गरिने भएको छ ।
नेपालमा सन् २००४ र अन्तर्राष्ट्रिय दिवस सन् २००० देखि मनाउन थालिएको हो । युवाका सवाललार्ई सम्बोधन गर्ने हेतुले संयुक्त राष्ट्रसङ्घले सन् १९९९ देखि हरेक वर्षको अगस्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा मनाउने निर्णय गरेको थियो ।
कारोबारबाट































प्रतिक्रिया