काठमाडौं,
प्रधानमन्त्री केपी शर्मा ओली एक साताका लागि सिंगापुर गएका छन् । स्वास्थ्य परीक्षणका लागि हिजो शनिबार राति उनी सिंगापुर गएका हुन् ।
उनको सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा स्वास्थ्य परीक्षण हुने भएको छ । प्रधानमन्त्री ओलीले १२ वर्ष अघि भारतमा मृगौला प्रत्यारोपण गरेपछि नियमित स्वास्थ्य परीक्षणका लागि सिंगापुर जाने गरेका छन् ।
स्वास्थ्य परीक्षण गरेर एक सातापछि प्रधानमन्त्री स्वेदश फर्कने कार्यक्रम रहेको छ । प्रधानमन्त्रीको साथमा उनकी श्रीमती राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, स्वकीय सचिव राजेश वज्राचार्य, निजी चिकित्सक डा. दिव्या सिंह शाह रहका छन् ।
प्रधानमन्त्री ओली स्वास्थ्य परीक्षणका लागि सिंगापुर प्रस्तान गरेसँगै पूर्व प्रधानमन्त्री एवं नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने स्वदेश फर्किएका छन् । साताव्यापी संयुक्त अबर इमिरेटस (यूएई) को भ्रमण गरेर उनी स्वदेश फर्किएका हुन् । प्रचण्ड पारिवारिक भ्रमणका लागि गत मंगलवार पत्नी सीता दाहाल, छोरी रेणु दाहाल र गंगा दाहालसहित यूएई गएका थिए ।
नेपाल समाचारपत्रबाट































प्रतिक्रिया