भ्रष्टाचारीलाई कारबाही गर्न सरकारले स्टन्डबाजी गर्‍यो: एमाले प्रमुख सचेतक गिरी

भ्रष्टाचारीलाई कारबाही गर्न सरकारले स्टन्डबाजी गर्‍यो: एमाले प्रमुख सचेतक गिरी

केन्द्रबिन्दु
18
Shares

काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले भ्रष्टाचारीलाई कारबाही गर्ने बहानामा सरकारले स्टन्डबाजी गरेको आरोप लगाएका छन्।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उनले देशमा ठूल्ठूला भ्रष्टाचारका काण्ड सार्वजनिक भए पनि सरकारले दोषीलाई कारबाही गर्ने बाहनामा स्टन्डबाजी गरेको आरोप लगाएका हुन्।

देशमा व्याप्त भ्रष्टाचार भइरहे पनि सरकार भ्रष्टाचारीलाई संरक्षण गर्न सरकार लागेको भन्दै उनले भ्रष्टाचारीलाई कारबाही गर्न सरकारले इच्छाशक्ति नै नदेखाएको बताए। यसबारे संसदमा आफूहरुले आवाज उठाउने उनको भनाइ छ।

Skip This
Skip This
Logo