फेसबुक सदुपयोगको एउटा नमुना: १५ दिनदेखि कालिगण्डकीमा अलपत्र गोरुको उद्धार (भिडियोसहित)

फेसबुक सदुपयोगको एउटा नमुना: १५ दिनदेखि कालिगण्डकीमा अलपत्र गोरुको उद्धार (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

सुन्दा अनौठौ लाग्न सक्छ।  हुन् पनि मानवीयता हराउंदै गएको बेलामा ‘गोरुको उद्धार’ गरेको खवर अनौठो लाग्नु अस्वाभाविक पनि होइन।

तर, आपतविपतमा परेका हरेक प्राणीको उद्धार गर्नु मानवीय धर्म र कर्तव्य हो । यिनै दायित्व पूरा गरेका छन् फेसबुकमा सक्रिय युवासमुह (एमआरआर) का युवाहरुले।

एउटा गोरु १५ दिनदेखि कालिगण्डकी नदीमा फसेको थियो। गोरु बाग्लुङ नगरपालिका १२ र पर्वतको फलेबास नगरपालिका ४ को सिमा क्षेत्रमा पर्ने नदीको खोंचमा फसेको थियो ।   गोरुलाई नदीले बगाएर ल्याएको र त्यहा फसेको स्थानीयले बताएका छन् ।

यसबारे एमआरआर फेसबुक ग्रुपमा पोष्ट भएपश्चात म्याग्दी, पर्वत र बाग्लुङका युवाहरुले उद्धार गरेका हुन् । एमआरआर ग्रुपमा आबद्ध २० जना भन्दा बढी युवाहरुले डोरीको सहायताले गोरुलाई बाहिर निकालेको म्याग्दीका युवा प्रकाश पौडेलले बताए ।

‘सुरुवात आफैबाट’ भन्ने नारा तय गरेको यो ग्रुपले २०७२ मा गएको विनाशकारी भूकम्पपछिको उद्धार र नाकावन्दीमा खानपिनको व्यवस्था समेत गरेको थियो ।

 

Skip This
Skip This
Logo