काठमाडौंमा अचम्मको दुर्घटना, ढिस्को नाघेर ट्याक्सीमाथि चढ्यो गाडी

काठमाडौंमा अचम्मको दुर्घटना, ढिस्को नाघेर ट्याक्सीमाथि चढ्यो गाडी

केन्द्रबिन्दु
0
Shares

शुक्रबार एकाबिहानै काठमाडौँमा अचम्मलाग्दो दुर्घटना भएको छ।  काठमाडौंको सिफलचौरमा शुक्रबार बिहान महानगरपालिकाको फोहोर उठाउने बा १ ग २२९८ नम्बरको गाडी दुर्घटनामा परेको हो ।

गाडीले २ फिट अग्लो पर्खाल नाघेर अर्को साइडको बाटोमा पार्किङ गरिरहेका ट्याक्सीमाथि चढेको हो।  उक्त गाडीको ठक्करबाट बा १ ज ७७२३ र बा १ ज ४०४७ नम्बरका दुई ट्याक्सीमा क्षति पुगेको छ।

चालकले मदिरा सेवन गरेका कारण दुर्घटना भएको हो । घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जानेको छ ।  चालकलाई गौशाला प्रहरीमा राखिएको छ ।

Skip This
Skip This
Logo