काठमाडौं,
मुलुकले गएको वर्ष १ सय ५७ वटा देशसँग व्यापार गरेकोमा १ सय ३४ वटा देशसँगको व्यापारमा घाटा भएको छ । यद्यपि, न्यून परिमाणमा व्यापार हुने अन्य २३ मुलुकसँग भने नेपालको व्यापार नाफामा रहेको छ ।
व्यापार नाफामा रहेका देशमा दक्षिण एसियाली देश अफगानिस्तानदेखि न्यू क्यालेडोनियासम्म रहेका छन् । मुलुकले कम सामान आयात गरेर धेरै निर्यात गरेका २३ वटा देश रहेका छन् । व्यापारमा नाफा रहेका देशहरूमा आर्मेनिया, काजकिस्तान, यमन, बाहमाज, बर्मुडा, अल्जेरिया, पानामा, रुवाण्डा, मौरिसस, न्यू क्यालेडोनिया, माल्दिभ्स, मोनाको, सुडान, गिनीलगायत रहेका छन् ।
भन्सार विभागका अनुसार गएको वर्ष पनि नेपालको सबैभन्दा धेरै व्यापारघाटा भारतसँगै छ । गएको वर्ष नेपालले भारतबाट ९ खर्ब १७ अर्ब ९२ करोड रुपैयाँको वस्तु तथा सेवा आयात गरेको छ । तर निर्यात भने जम्मा ६२ अर्ब रुपैयाँको मात्रै भएको छ । छिमेकी मुलुक भारतमा नेपालको आयात र निर्यात दुवै सबैभन्दा धेरै हुने गर्छ ।
गत वर्ष भारतसँगको व्यापारघाटा ८ खर्ब ५५ अर्ब रुपैयाँ पुगेको छ । यस्तै उत्तरी छिमेकी चीनसँगको व्यापारघाटा पनि २ खर्ब रुपैयाँ नाघेको भन्सार विभागको तथ्यांक छ । चीनबाट गएको वर्ष २ खर्ब ५ अर्ब ५१ करोड रुपैयाँको वस्तु तथा सेवा आयात भएकोमा जम्मा २ अर्ब १० करोड रुपैयाँको मात्र निर्यात भएको छ । यस्तै युनाइटेड अरब इमिरेट्ससँग नेपालको व्यापारघाटा ३५ अर्ब ४ करोड रुपैयाँ रहेको छ ।
गत आर्थिक वर्षमा मुलुकको कुल व्यापारघाटा १३ खर्ब २१ अर्ब रुपैयाँ पुगेको छ । जुन सोही आवको वार्षिक बजेटभन्दा ६ अर्ब रुपैयाँले बढी हो । भन्सार विभागका अनुसार आर्थिक २०७५/७६ मा व्यापारघाटा १३.५५ प्रतिशतले बढेको छ । आव २०७४/७५ मा व्यापार घाटा ११ खर्ब ६३ अर्ब ७४ करोड रुपैयाँ थियो ।
कारोबारबाट































प्रतिक्रिया