काभ्रेमा घुससहित पाँच जना प्रहरी पक्राउ

काभ्रेमा घुससहित पाँच जना प्रहरी पक्राउ

केन्द्रबिन्दु
0
Shares

काभ्रे,
काभ्रेका तीन प्रहरी चौकीमा अख्तियारले छापा मारेको छ। काभ्रेको सिपाघाटदेखि साँगा भज्याङसम्म अरनिको राजमार्ग तथा हेलम्बु राजमार्गमा रहेका प्रहरीले मासिक रुपमा टिपरसँग पैसा असुल्ने सूचनाको आधारमा अख्तियारको टोलीले बिहीबार छापा मारेको थियो ।

छापा मार्ने क्रममा एक टिपरसँग उनीहरुले दुईदुई हजार लिएको पाइएपछि अख्तियारको टोलीले प्रहरी चौकीमा छापा मारेर पाँच जना प्रहरीलाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएका मध्ये तीन ट्राफिक र दुई जनपथ प्रहरी रहेका छन् ।

अख्तियारले नगदसहित नियन्त्रणमा लिएका प्रहरीमा प्रहरीचौकी हिंगुवापाटीमा कार्यरत ट्राफिक प्रहरीका जवान तेजप्रसाद भट्टराई, पाँचखाल चौकीमा कार्यरत प्रहरी हबल्दार भक्तबहादुर हायू, प्रहरी जवान ज्ञानबहादुर लामगाडे र जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपामा कार्यरत ट्राफिक हबल्दार हरिप्रसाद बानियाँ र रामहरि मानन्धर रहेको अख्तियार स्रोतले जनायो । उनीहरुको साथबाट अख्तियारले दुईदुई हजार नगद बरामद गरेको छ ।

काभ्रेको हिगुवापाटी, पाँचखाल, खाँवा, बनेपा र साँगाबाट अवैध रुपमा रकम असुल्ने सूचनाको आधारमा अख्तियारको तीन वटा टोली बिहीबार दिउँसो परिचालन भएको थियो । काभ्रेमा टिपरबाटै मासिक लाखौं रुपैयाँ प्रहरीले आम्दानी गर्ने गरेको गुनासो हुँदै आएको थियो ।
अन्नपूर्णबाट

Skip This
Skip This
Logo