चितवनमा बस दुर्घटना हुँदा २० जना घाइते

चितवनमा बस दुर्घटना हुँदा २० जना घाइते

केन्द्रबिन्दु
51
Shares

भरतपुर। चितवनमा बस दुर्घटना परेर २० जना घाइते भएका छन्।

पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका-२ गड्यौलीमा रौतहटबाट काठमाडौँतर्फ जाँदै गरेको बा प्र ०१-००६ ख २००४ नं बस गए राति सडक छेउमा रोकिराखेको प्र २०३-००१ ख ७३१२ नं को ट्रकसित ठोक्किएको हो।

घाइते सबै बसका यात्रु रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सुरेश सुवेदीले जानकारी दिए। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ। घाइतेको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ। बसका चालक फरार रहेको र खोजी कार्य जारी रहेको प्रमुख सुवेदीले बताए।

Logo