नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले काम गर्न असफल भएको महसुस हुनासाथ राजीनामा दिने बताएका छन् । "/>

काम गर्न असफल भएको महसुस हुनासाथ राजीनामा दिन्छु- मन्त्री भट्टराई

काम गर्न असफल भएको महसुस हुनासाथ राजीनामा दिन्छु- मन्त्री भट्टराई

केन्द्रबिन्दु
0
Shares

नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले काम गर्न असफल भएको महसुस हुनासाथ राजीनामा दिने बताएका छन् ।

बिहीबार बिहानै काठमाडौंको बल्खुस्थित तत्कालीन एमालेको केन्द्रीय कार्यालय परिसरमा रहेको मदन भण्डारीको शालिकमा माध्यार्पण गरेपछि उनले मैले प्रधानमन्त्रीसँग करार सम्झौता गर्न नपाएको उल्लेख गर्दै काम गर्न असफल भएको महसुस हुनासाथ जिम्मेवारीबाट पछि हटने बताएका हुन् ।

‘मेरो सबैभन्दा ठूलो करार सम्झौता त्यहीँ हुनेछ, जुन दिन मैले काम गर्न सकिन् अथवा म असफल भएँ भन्ने महसुस प्रधानमन्त्रीलाई हुन्छ, ’ मन्त्री भट्टराईले भने । मन्त्री भट्टराईले सरकारले ल्याएको ‘सुःखी नेपालीः समृद्ध नेपाली’ को नारालाई पूरा गर्न लागिपर्ने र ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सफल बनाएर नेपाललाई विश्वकै आकर्षक पर्यटक गन्तव्यको रुपमा विकास गर्ने आफ्नो लक्ष्य रहेको पनि बताए।

मन्त्री भट्टराईले केही दिन भित्र उनले आफूले जिम्मेवारी पाएको मन्त्रालयको काम कार्वाहीका बारेमा, त्यसका विवादास्पद कतिपय विषयहरुका बारेमा केही दिन भित्रै आफ्नो धारणा सार्वजनिक गर्ने बताए ।

Logo