एनसेलको टावरमा विप्लवको टार्गेट, दर्जनौ जिल्लामा आगजनी

एनसेलको टावरमा विप्लवको टार्गेट, दर्जनौ जिल्लामा आगजनी

केन्द्रबिन्दु
0
Shares

प्रतिबन्धित नेत्र बिक्रम चन्द ‘विप्लब’ नेतृत्वको नेकपाले दुरसंचार सेवा प्रदायक कम्पनी एनसेलको टावरहरुलाई निशाना बनाएका छन् ।बुधबार बन्द घोषणा गरेको नेकपाले मध्यरातमा दर्जनौ जिल्लाका एनसेल टावरहरुमा आगजनी, विस्फोट र तोडफोड गरेका हुन्।

झापा, ललितपुर, सिन्धुपाल्चोक, धादिङ, पूर्वी नवलपरासी, पर्वत, बाग्लुङ, म्याग्दी, कपिलवस्तु, डडेलधुरा, कैलाली, रुपन्देही, मोरङ जिल्लाका एनसेल टावरमा आगजनी र विष्फोट भएको गरिएको छ ।

मकवानपुरको थाहानगरपालिकास्थित पालुङ तथा आग्रामा जडित एनसेल टावरमा पनि गएराती आगजनी गरिएको छ । थाहा नगरपालिका ३ स्थित गुफाडाँडामा रहेको टावर र आग्राको चिसापानीस्थित कैलाश डाँडामा रहेको टावरमा आगजनी गरिएको हो ।

अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नम्बर ५ मा रहेको नेपाल टेलिकमको टावरमा अज्ञात समूहले आगजनी गरेको छ । त्यस्तै ललितपुरको कोञ्जोसोम गाउँपालिका शङखुमा रहेको एनसेलको टावरमा पनि आगजनी र विष्फोटको प्रयास भएको छ ।

टावरमा क्षति पुगेपछि अहिले ति ठाउँहरुमा एनसेलका प्रयोगकर्ताहरुसँग संचार सम्पर्क टुटेको छ ।

Skip This
Skip This
Logo