ला लिगामा बार्सिलोना विजयी

ला लिगामा बार्सिलोना विजयी

केन्द्रबिन्दु
0
Shares

स्पेनिस ला लिगा फुटबल अन्तर्गत गएराति भएको खेलमा बार्सिलोनाले एथ्लेटिको बिल्बाओलाई २–१ ले पराजित गरेकाे छ ।

त्यसक्रममा मेस्सीले एक तथा एन्टोनी ग्रिजम्यानले एक गोल गरे । मेस्सीले २० औँ मिनेटमा गोल गरेर टिमलाई सुरुवाति अग्रता दिलाए । ४९ औँ मिनेटमा बार्सिलोनाका जोर्डी अल्बाले आत्मघाती गोल गरे । ७४ औँ मिनेटमा ग्रिजम्यानले गोल गरेपछि बार्सिलोना विजयी भयो ।

जितसँगै २० खेलबाट ४० अंकसहित बार्सिलोना दोस्राे स्थानमा छ ।

Skip This
Skip This
Logo