हिमाल आरोहणबाट गतवर्ष ५५ करोड राजस्व प्राप्त

हिमाल आरोहणबाट गतवर्ष ५५ करोड राजस्व प्राप्त

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ,
सन् २०१८ मा ५६ देशका नागरिकले ३३ हिमालको आरोहण गरेका छन् । जसबाट सरकारलाई ५५ करोड ९ लाख ८९ हजार रुपैयाँ राजस्व आम्दानी भएको छ । जसमा १३ सय ९६ पुरुष १ सय ८९ महिलासहित कुल १५ सय ७९ ले सो समयमा ३३ हिमालको आरोहण गरेका हुन् ।

६ हजार ५ सय माथिका हिमालको १४ सय ९ जनाले र सो भन्दा तलका हिमालको १ सय ७० जनाले आरोहण गरेको नेपाल पर्यटन विभागले जनाएको छ । बोर्डले ४ सय १४ हिमाल आरोहणका लागि वर्षभरिनै खुला राखेको भए पनि ‘स्प्रिङ र अटम सिजन’ मा धेरै आरोहीले हिमाल आरोहण गर्ने गरेका छन् ।

सन् २०१८ मा नेपालबाट ७६०, चीनबाट १३०, अमेरिका बाट ९८, भारतबाट ७०, बेलायतबाट ५० जनाले हिमाल आरोहण गरेका छन् । जसमा ५६० जनाले विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेको विभागले जनाएको छ ।

सन् २०१९ को हाल सम्म ३४ हिमाल आरोहणका लागि ११८ टिमका ९१८ जनाले हिमाल आरोहण गरेका छन् । जसबाट सरकारलाई ५५ करोड ३५ लाख रुपैयाँ राजस्व आम्दानी भएको छ । सगरमाथा आरोहणबाट सिजनमा साढे ४४ करोड रुपैयाँ बढी राजस्व आम्दानी भएको छ ।

सगरमाथा आरोहणका लागि विदेशीले सगरमाथा आरोहण अनुमति लिन प्रतिव्यक्ति ११ हजार अमेरिकन डलर रोयल्टी स्प्रिङ सिजनमा तिनुपर्ने व्यवस्था छ भने नेपालीको हकमा प्रतिव्यक्ति ७५ हजार नेपाली रुपैयाँ रोयल्टी तिर्नुपर्ने प्रावधान छ । हिमालको उचाइ र ऋतु अनुसार राजस्व दस्तुर फरक–फरक तिर्नुपर्ने कानुनी व्यवस्था रहेको विभागले जनाएको छ । जारी सिजनमा नै ८ हजारभन्दा अग्ला हिमाल आरोहणका लागि १७ सय अमेरिकी डलर तिर्नुपर्छ ।
कारोबारबाट

Skip This
Skip This
Logo