पर्यटनमन्त्री भट्टराई जब रवीन्द्र अधिकारी बस्ने कुर्सीमा बसे

पर्यटनमन्त्री भट्टराई जब रवीन्द्र अधिकारी बस्ने कुर्सीमा बसे

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले पदभार ग्रहण गरेका छन् । बुधबार नियुक्त भएका मन्त्री भट्टराईले बुधबार नै पद तथा गोपनियताको सपथ ग्रहण गर्दै पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहण गर्दै मन्त्री भट्टराईले आफू रवीन्द्र अधिकारीको उत्तराधिकारीको रुपमा आएको प्रतिक्रिया दिएका छन् । बुधबार मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री भट्टराईले परिस्थितिले आफू अधिकारीको कुर्चीमा बस्न आइपुगेको भन्दै सबै अग्रजसँग राय सल्लाह लिएर अगाडि बढ्ने बताए ।

‘परिस्थितिले उहाँ बस्नुभएको कुर्सीमा म बसेको छु, उहाँले नै राम्रोसँग सम्हाल्न सक्नुहुन्थ्यो, उहाँकै आवश्यकता थियो, तर प्रकृतिलाई जित्न सकेनौं । उहाँको उत्ताराधिकारीका रुम्पमा आएको छु, यसो भन्दा मलाइ गर्व छ ‘ उनले भने ।

को हुन् नवनियुक्त पर्यटनमन्त्री योगेश भट्टराई ?

Logo