माओवादी केन्द्रीय समिति बैठक जारी

माओवादी केन्द्रीय समिति बैठक जारी

केन्द्रबिन्दु
9
Shares

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक सुरु भएको छ। प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभा गृहमा सुरु भएको बैठक सोमबारसम्म चल्ने छ। बैठकमा चार महिने विशेष रूपान्तरण अभियान सम्बन्धमा समीक्षा हुने प्रवक्ता अग्निप्रसाद सापकोटाले बताएका छन्।

सापकोटाका अनुसार आजको बैठकमा प्रदेश इन्चार्जले अभियानको समीक्षात्मक रिपोर्ट पेस गर्ने कार्यतालिका रहेको छ। यस्तै अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समग्र पार्टीको स्थिति, समसामयिक राजनीति र अन्तर्राष्ट्रिय परिस्थितिबारे बैठकलाई ब्रिफिङ गर्नेछन्।

Skip This
Skip This
Logo