काठमाडौँ,
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सङ्घीय सरकारले समायोजित कर्मचारीहरूलाई हाजीर नगराउने स्थानीय तहको अनुदान रोक्का गर्ने चेतावनी दिएको छ । मन्त्रालयले देशभरका ७ सय ५३ स्थानीय तहमा पत्राचार गर्दै समायोजन भई हाजिर गर्न आएका कर्मचारीलाई हाजिर गराउन निर्देशन दिए पनि कतिपय स्थानीय निकायले त्यसको कार्यान्वयन नगरेकाले यस्तो चेतावनी दिन परेको जनाएको छ ।
उक्त मन्त्रालयका सहसचिव बाबुराम अधिकारीका अनुसार उक्त पत्रमा स्थानीय निकायले समायोजन अनुसार पद नभए सिर्जना गर्न वा पद नभए पनि हाजिर गराई जिम्मेवारी दिन सक्ने स्पष्ट उल्लेख गरिएको छ ।
कर्मचारी समायोजन ऐन, २०७५ दफा १३ (७) मा सम्बन्धित निकायको प्रशासकीय प्रमुख वा अधिकारीले यस ऐन बमोजिम प्रदेश वा स्थानीयतहमा समायोजन हुने कर्मचारीलाई हाजिर गराई जिम्मेवारी दिनुपर्ने उल्लेख छ । सोही दफाको उपदफा ८ अनुसार हाजिर नगराउने र जिम्मेवारी नदिने अधिकारीलाई मन्त्रालयले प्रचलित कानुन बमोजिम कारबाही गर्न सक्नेछ ।मन्त्रालयले यसैलाई आधार बनाएर समायोजित कर्मचारीलाई अनिवार्य रुपमा स्थानीयतहलाई निर्देशन पालन गर्न चेतावनी दिएको हो ।
नेपाल समाचारपत्रबाट































प्रतिक्रिया