नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि जारी रहने

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि जारी रहने

केन्द्रबिन्दु
12
Shares

काठमाडौँ। नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि जारी रहने भएको छ। हिजोदेखी काठमाडाैँमा सुरू भएको केन्द्रीय समिति बैठकमा यसअघि भएको माओवादी रूपान्तरण अभियानका बारेमा समिक्षा सुरू गरिएको छ।

आज पनि सो अभियानका बारेमा छलफल हुने र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यतालिका रहेको छ। फागुन १ गतेदेखी सुरू हुने विधान अधिवेशन अघि माओवादीले केन्द्रीय समिति बैठक बोलाएको छ।

गत शनिबार सम्पन्न स्थायी समितिले १ सय ५१ सदस्यीय केन्द्रीय समिति बनाउने प्रस्ताव पारित र त्यसलाइ पदाधिकारीले टुंगो लगाएर विधान अधिवेशनमा पेश गर्ने निर्णय गरेको भोलीपल्ट सो केन्द्रीय समिति बैठक बोलाइएको हो।

हिजोको बैठकमा उपत्यका विशेष प्रदेशका इन्चार्ज वर्षमान पुन, प्रवास इन्चार्ज राम कार्की, सम्पर्क समन्वयका इन्चार्ज गिरिराजमणि पोखरेल, कोशीका इन्चार्ज चक्रपाणि खनाल, मधेसका इन्चार्ज लीलामणि पोखरेल, बागमतीका इन्चार्ज जनार्दन शर्मा, गण्डकीका इन्चार्ज देवेन्द्र पौडेल, लुम्बिनीका इन्चार्ज हितमान शाक्य, कर्णालीका इन्चार्ज मातृका यादवले अभियानका बारेमा रिपोर्टिङ गरेका थिए।

Skip This
Skip This
Logo