विश्व जोखिम सूचकाङ्कमा फिलिपिन्स अग्रस्थानमा

विश्व जोखिम सूचकाङ्कमा फिलिपिन्स अग्रस्थानमा

केन्द्रबिन्दु
12
Shares

मनिला। विश्व जोखिम सूचकाङ्क सन् २०२२ ले फिलिपिन्सलाई विश्वमा सबैभन्दा बढी प्रकोप हुने देशहरूको सूचीमा पहिलो स्थानमा राखेको छ। प्यासिफिक रिङ्ग अफ फायरमा अवस्थित द्वीप समूह प्रायः शक्तिशाली टाइफुनहरू, फ्ल्याश बाढी र पहिरो, भूकम्प र ज्वालामुखी विस्फोटबाट बढी प्रभावित हुने गरेको छ।

भर्खरै दक्षिणी फिलिपिन्समा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ५४ पुगेको छ। यसैबीच उद्धारकर्मीहरूले हराइरहेका ६३ जनाको खोजीमा माटो र भग्नावशेष निकाल्ने कामलाई तीव्रता दिएका छन्।

फेबुअरी ६ को साँझ डाभाओ डे ओरो प्रान्तको माकोको पहाडी शहरमा पहिरोमा परी थुप्रै घर, सवारी साधन र मानिसहरू पुरिएका थिए । माको शहरको प्रकोप रोकथाम कार्यालयले कम्तिमा ३२ जना घाइते भएको तर दुर्घटनाबाट बाँच्न सफल भएको बताएको छ।

पहिरोले माको नगरपालिकाका चार गाउँका १ हजार ३ सय ४७ घरपरिवारका ५ हजार ४३१ जना प्रभावित भएको स्थानीय अधिकारीले बताएका छन्।

Skip This
Skip This
Logo