डेटिङमै प्रेमी-प्रेमीकाको झगडा भएपछि हत्या प्रयास !

डेटिङमै प्रेमी-प्रेमीकाको झगडा भएपछि हत्या प्रयास !

केन्द्रबिन्दु
0
Shares

वीरगन्ज,
वीरगन्जमा एक युवकले प्रेमीकाको हत्या प्रयास गरेका छन् । वीरगन्ज महानगरपालिका १० अशोक वाटिकाका २४ वर्षीय रोशन गुप्ताले प्रेमीका २२ वर्षीया मनु चौधरीको घाँटी रेटेर हत्याको प्रयास गरेका हुन् ।

छुरा प्रहारबाट गम्भीर घाइते चौधरीको नेशनल मेडिकल कलेजमा उपचार भइरहेको छ । सुरुमा उनलाई नारायणी अस्पताल पुर्याइएको थियो । घाँटीमा गहिरो घाउ देखेपछि चिकित्सकले चौधरीलाई मेडिकल कलेजतर्फ रिफर गरेका थिए ।

चौधरी विवाहित महिला हुन् । उनका एक छोरा छन् । उनका श्रीमान् अजय सिंह रोजगारीको सिलसिलामा काठमाडौं छन् । चौधरी छोरासँगै वीरगन्ज १० घडीअर्वामा डेरा गरेर बस्दै आएकी छिन् । मंगलबार मध्यान्ह १२ बजेतिर रोशनले चौधरीलाई घुम्न वीरगन्ज १५ मा अवस्थित भिस्वाडाँडामा बोलाएका थिए । त्यहाँ विवाद भएपछि रोशनले धारिलो छुराले मनुको घाँटीमा प्रहार गरेका हुन् ।

‘उनीसँग मेरो प्रेम थियो, एक हप्ता पहिले हामी दुबै काठमाडौंमा चार दिनसँगै बसेका थियौँ’, उनले भनिन्, ‘आज घुम्न भिस्वाडाँडामा बोलाए । त्यही बेला अचानक घाँटीमा छुरा हाने ।’ उनले छुरा हान्नुको कारण भने बताउन चाहिनन् ।
अन्नपूर्णबाट

Logo