बुद्धको स्टिकर सगरमाथामा पुर्‍याइने

बुद्धको स्टिकर सगरमाथामा पुर्‍याइने

केन्द्रबिन्दु
0
Shares

बुद्धको स्टिकर सगरमाथाको चुचुरोमा पुर्‍याइने भएको छ ।

गौतम बुद्धको बारेमा विश्व समुदायमा रहेको भ्रम चिर्ने उद्धेश्यहरुले ५० जना पर्वतारोहीले बुद्धको स्टिकर लुक्लादेखि सगरमाथाको चुचुरोसम्म लैजान लागेका हुन्।

पर्यटकीय मौसमलाई मध्यनजर गर्दै बुद्धको बारेमा भ्रम चिर्न यो अभियान थालेको अभियन्ता तथा गायक धिरज राईले जानकारी दिए । गौतम बुद्ध भारतमा जन्मेको भन्ने भ्रम विश्वव्यापीरुपमा रहेकाले आफू उक्त भ्रम चिर्न लागिपरेको राईले बताए ।

राईले यसअघि पोखराको फेवातलामा २ सय वटा डुंगामा बुद्धको स्टिकर टाँसेका थिए । त्यस्तै अभियान अन्तर्गत उनले सौराहाको हात्ती र भिन्न ठाउँमा संचालित म्बुलेन्सहरुमा पनि स्टिकर टाँसेका थिए ।

Skip This
Skip This
Logo