पूर्वउपसचिवको घरमा गोली प्रहार, किताब पढिरहेकी छोरी निशानामा

पूर्वउपसचिवको घरमा गोली प्रहार, किताब पढिरहेकी छोरी निशानामा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । पूर्वउपसचिव विष्णुप्रसाद शर्माको घरमा एयरगनको गोली फेला परेको छ । सोमबार राति कलंकीस्थित शर्माको घरको दोस्रो तलामा गोली भेटिएको प्रहरीले जनाएको छ ।

गोली तारको जाली छेडेर भित्र पसेको भए पनि कुनै मानवीय क्षति नभएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होबिन्द्र बोगटीले जानकारी दिए।

शर्माकी छोरी पढिरहेको अवस्थामा गोली प्रहार भएको डिएसपी बोगटीले बताए । यसबारे अनुसन्धान भइरहे पनि अहिलेसम्म कुनै प्रमाण फेला नपरेको उनको भनाई छ ।

उक्त गोली सानो पेस्तोल एयरगनको भएको प्रहरीले जनाएको छ। सुरक्षा निकायले नभई यस्तो खाले हतियार लाइसेन्स प्राप्त व्यक्तिहरूले प्रयोग गर्ने गरेको प्रहरीले जनाएको छ ।

लाइसेन्स प्राप्त व्यक्तिबाट हतियार खेलाउँदै गर्दा प्रहार भएको हुन सक्ने डिएसपी बोगटीको भनाई छ । यो सिकार खेल्ने व्यक्तिहरूबाट दुर्घटनावस चलेको हुनसक्ने अनुमान गरिएको छ ।

Skip This
Skip This
Logo