नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माको पहलमा काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी)ले काभ्रेपलाञ्चोकको धुलिखेलमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
केएमसीका महाप्रबन्धक नारायणप्रसाद दाहालका अनुसार धुलिखेल कल्याणकारी सेवा काभ्रेको आयोजनामा संजीवनी माविको प्राङ्गणमा भएको शिविरमा ७५६ बिरामीको निःशुल्क उपचार गरिएको छ । सो क्रममा र ८९ जनाको ईसीजी, १११ जनाको ल्याब परीक्षण तथा ९७ जनाको भिडियो एक्सरे गरिएको थियो । त्यस्तै २९ जनाको दाँत खोलिएको थियो भने २७ बिरामीलाई शल्यक्रियाका लागि रेफर गरिएको छ ।

सांसद शर्माले सम्हालेपछि केएमसीले सामाजिक उत्तरदायित्वअन्तर्गत निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ । यसअघि सांसद शर्मा केएमसीको स्वास्थ्य टोली लिएर सुदूरपश्चिम प्रदेश निस्किएका थिए । डडेल्धुरा, बैतडी र दार्चुलामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दा हजारौंले स्वास्थ्य लाभ लिएका छन् ।





































प्रतिक्रिया