९० लाख बढी ठगी गरेर फरार

९० लाख बढी ठगी गरेर फरार

केन्द्रबिन्दु
0
Shares

उदयपुर,

उदयपुरमा बैदेशिक रोजगारमा लगाइदिने भन्दै ३१ जना युवाबाट ९० लाख बढी रकम उठाएर पूर्वमाओवादी लडाकुसहित तीन जना फरार भएका छन् । लिम्चुङबुङ गाउँपालिका–५ जाँतेका पूर्वमाओवादी लडाकु भुपाल थापा (बिटु थापा), त्रियुगा नगरपालिका–७ सहरेका भरत मगर र भेरी ओभरसिज प्रालिका सञ्चालक बाबुराजा सिग्देलले वैदेशिक रोजगारमा राम्रो कमाइ हुने देशमा पठाइदिने भन्दै उदयपुरका ३१ जना युवाबाट ९० लाख बढी रकम ठगेर फरार भएका हुन् ।

सेक्युरिटी गार्डका लागि माल्टा, अफगानिस्तान, चेक रिपब्लिक, पोल्यान्ड लगायतका देश पठाइदिन्छु भन्दै भुपाल र भरतले भेरी ओभरसिज प्रालि सिनामंगलमा २ लाख ५० हजारदेखि ४ लाखसम्म रकम बुझाउन लगाएका थिए । उनीहरूले पीडितलाई गत मंसिरमा एड्भान्सस्वरुप ५० हजार र भिसा लाग्यो भन्दै गत माघमा मेनपावर कम्पनीमा बाँकी पैसा बुझाउन लगाएका थिए । पीडित सबै त्रियुगा नगरपालिकाकै युवा हुन् ।

विभिन्न प्रलोभनमा पारी नक्कली डिमान्ड पेपर देखाएर आफूहरूलाई दिल्लीमा अलपत्र पारेर फरार भएको पीडित त्रियुगा नगरपालिका–११ का पुरनबहादुर कार्कीले बताए । पीडित कार्कीले भने, ‘एनओसी पेपर आइसक्यो भनेर नेपालबाट उड्न मिल्दैन नयाँ दिल्लीमा सबै व्यवस्था गरिसकेको भन्दै दिल्ली पु¥याएर १७ दिनसम्म होटलमा छाडेर बेपत्ता भएका हुन् ।

आजभोलि भन्दाभन्दै एक दुई सातापछि उडाउने भन्दै बसको टिकट काटिदिएर काठमाडौंमा बस्ने होटलसमेत भनिदिएको भन्दै घर फर्काएको अर्का पीडित त्रियुगा नगरपालिका–७ सहरेका विकास बलम्पाकी मगरले बताए । उनका अनुसार आफू लगायत छरछिमेकी गरी सात जनाबाट २ लाख ५० हजार देखि ४ लाखसम्म मेनपावरलाई बुझाएको बताए । उनले भने, ‘घरबारी धित्तो राखेर २ लाख ५० हजार ऋण निकालेर दिएको छु, कसैकसैले किस्ताबाट पैसा निकालेर दिएका छौं ।’

उदयपुरका मात्र होइन गोर्खा, रामेछाप, सिन्धुपाल्चोक, धादिङ लगायत गरी २ सय ५० भन्दा बढीको रकम ठगेर मेनपावर सञ्चालक फरार भएको पीडितले बताएका छन् । उदयपुरका पीडितले ४ लाखसम्म बुझाएका छन् भने अन्य जिल्लाका भुपु आर्मी, पुलिसले १२ लाखसम्म बुझाएका छन् । सबैलाई दिल्लीसम्म मात्र उडाइएको छ ।
राजधानीबाट

Skip This
Skip This
Logo