काठमाडौं,
अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्थाहरूले सशस्त्र द्वन्द्वपीडितलाई न्याय दिने प्रतिबद्धता पूरा गर्न नेपाल सरकार असफल भएको बताएका छन्।
सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अन्तर्राष्ट्रिय अदालत (हेग) लगे आफू झन् हिरो हुने बताएका बेला एम्नेस्टी इन्टरनेसनल, इन्टरनेसनल कमिसन अफ जुरिस्ट (आईसीजे), ह्युमन राइट्स् वाच र ट्रायल इन्टरनेसनलले विज्ञप्ति जारी गरी सरकार असफल भएको दाबी गरेका हुन्।
यी संस्थाले द्वन्द्वकालीन मानवअधिकार उल्लंघनलाई सम्बोधन गर्ने सवालमा नेपाल सरकार अकर्मण्य देखिएको जनाएका छन्।
सोमबार बिहान विप्लव समूह छाडेर नेकपा प्रवेश गर्ने नेताहरूलाई स्वागत गर्ने क्रममा प्रचण्डले हेग लगे पनि आफूलाई केही फरक नपर्ने अभिव्यक्ति दिएका थिए। ‘हेग लगेर पनि मलाई केही फरक पर्ने वाला छैन’, प्रचण्डले भनेका थिए, ’हेग लगे भने त म झन् विश्वकै हिरो भएर निस्कन्छु।’
सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारी नियुक्तिमा भएको ढिलाईले सरकार पीडितका मागमा गम्भीर नदेखिएको ती संस्थाहरूको ठम्याई छ।
अन्नपूर्णबाट





























प्रतिक्रिया