आज उपत्यकाका टोलटोलमा घण्टाकर्ण पर्व मनाईंदै

आज उपत्यकाका टोलटोलमा घण्टाकर्ण पर्व मनाईंदै

केन्द्रबिन्दु
0
Shares

भक्तपुर,
टोलटोलमा मान्छे मार्ने राक्षस मारेको सम्झनामा मंगलबार (आज) उपत्यका लगायतका भेगमा धूमधामका साथ घण्टाकर्ण चतुर्दशी पर्व मनाइँंदैछ । प्रत्येक वर्ष मनाइने घण्टाकर्ण पर्वलाई स्थानीय नेवार समुदाय गथांमुगः चह भनेर बुझछन्।

विशेष गरी भक्तपुर नगरका टोलटोलका दोबाटो, चौबाटोमा नर्कट, छ्वाली, पराल, हाँंडी, नाङलो लगायतले बनाएको राक्षसरुपी गथांमुगको साँंझ दाहसंस्कार गरी पर्व मनाइने चलन छ। यस क्रममा यहाँंका टोलटोलमा सयौं गथांमुगको दाहसंस्कार गरिन्छ।

गथांमुग बनाउन टोलटोलमा स्थानीयस्तरमा नर्कट, छ्वाली, परालको संकलन गर्ने गर्दछन् । संकलित नर्कट, छ्वालीबाट तीनखुटे गथांमुग बनाइन्छ । साथै घरमा फाल्नुपर्ने पुरानो नाङलोमा मुख, नाक, कान लगायतका ज्ञानेन्द्रिय अंग लेखी हाँंडीको टाइको दिइएको हुन्छ।

गथांमुग बनाउँंदाको विशेष विशेषता भनेको यौन अंग झल्काउनु हो। दुईवटा ठूल्ठूला भोगटे अण्डाशयको रुपमा झुण्डाएर त्यसको वीचमा लठीमा परालले घेरेर लामो लिंगोका साथ यौन अंग प्रदर्शन हुने गरी गथांमुग बनाइएको हुन्छ ।

टोलबासी मिलेर साँंझ टोलटोलमा गथांमुग बनाएपछि त्यसलाई बोकेर दाहसंस्कारका लागि लिएर गएका हुन्छन् । सहभागी बाँंकी सयौंले छ्वालीको राँको बालेर दाहसंस्कारमा सहभागी भएका हुन्छन् । यस क्रममा उनीहरुले अश्लिल भाका लगाउने चलन छ । टोलटोलमा बनाएको गथांमुगलाई टोलबाट पूर्वमा अवस्थित नजिकैको दोवाटो, चौबाटोमा जलाइन्छ।

कला संस्कृति भजन महागुथि भक्तपुरका संस्थापक अध्यक्ष डा इन्दुल केसीका अनुसार यो पर्व पर्वमा मात्रै सीमित नभई यससँंग वैज्ञानिक कारण पनि जोडिएको सुनाउँंछन्। रोपाईपछि झारका कारण वढ्ने लामखुटे, भुसुनालाई आगो बालेर भगाउने बैज्ञानिक कारण यो पर्वसँंग जोडिएको उनी तर्क राख्छन् । जिउभरि घण्टा झुण्डाएर बस्ने भएकाले उनको नाम घण्टासुर रहेको उनले बताए।

 

घण्टाकर्ण चतुर्दशीका विषयमा एउटा प्रसिद्ध किम्बदन्तीसमेत रहेको छ। परापूर्व कालमा नेपालमा गथांमुग नाम गरेको एउटा नास्तिक थियो, जसलाई सत्य निष्ठामा रहेका मानिस मन पर्दैनथ्यो। सत्य निष्ठामा रहेका मानिसलाई मारिदिन्थ्यो। दोबाटो चौबाटोमा बसेर जे पायो त्यही खाने र बाटो हिड्ने मानिससित जगात (पैसा) उठाउने यसको नियमित दिनचर्या हुन्थ्यो।

 

पैसा नदिने मानिसलाई मारेर मासु खान्थ्यो, महिलालाई बलात्कार गथ्र्यो र राम्रा जतिलाई श्रीमती बनाउँथ्यो। घण्टाकर्ण राक्षसको यस्ता क्रियाकलापबाट सबै  मानिस आतङ्कित थिए। एकदिन भोकाएर निस्किएका बेला घण्टाकर्णको भेट भ्यागुतोसित भयो। घण्टाकर्णले भ्यागुतोसित मानव बस्ती कता छ भनी सोध्दा घण्टाकर्णको आतङ्कबाट पीडित भ्यागुतोले गहिरिएको हिलोबाटो देखाउँदै त्यतैबाट जान भन्यो।

अलिपर पुग्नासाथ घण्टाकर्ण गहिरो हिलोमा फस्यो। उसले आफ्नो विशालकाय शरीर बाहिर निकाल्न सकेन। यही मौका छोपेर घण्टाकर्णबाट पीडित सबै मानिस जम्मा भएर ढुङ्गा, मुढा र लाठाले हिर्काएर मारिदिए। यसरी नरभक्षी राक्षसबाट मानव जातिले मुक्ति पाए। मानवता विरोधी घण्टाकर्ण मारिएको दिन श्रावण कृष्ण चतुर्दशी परेकाले यस दिनलाई घण्टाकर्ण चतुर्दशी पनि भन्न थालिएको जनविश्वास छ।

नागरिकबाट

Skip This
Skip This
Logo