राष्ट्रिय स्वास्थ्य शिक्षा सुचना तथा सञ्चार केन्द्र, टेकु काठमाडौंका जनस्वास्थ्य अधिकृत राम अवतार गुप्ता एक लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई बबरमहलस्थित बन विभागको परिसरबाट पक्राउ गरेको हो। उनले जनचेतनामुलक सामाग्रीहरु रेडियोमा प्रचारप्रसार गर्न कोटेसन दिई कार्य सम्पन्न गरी भुक्तानि गरे पश्चात कमिशन बापत घुस लिएको अख्तियारले जनाएको छ।
उनको बारेमा थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।































प्रतिक्रिया