आज (सोमबार) पनि पहाडी जिल्लाका विभिन्न खोला र केही नदीमा पानीको बहाव बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले सोमबार बिहान जारी गरेको सूचनामा ताप्लेजुङ, भोजपुर, दोलखा, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोरखा, लमजुङ,रोल्पा, रूकुम, डोल्पा, जुम्ला, दैलेख, अछाम, बाजुरा, बैतडी, दार्चुला र आसपासका जिल्लाका खहरेहरूमा बहाव बढ्ने उल्लेख छ।तर देशका मुख्य तथा मझौला नदीमा आगामी तीन दिन अर्थात् बुधबारसम्म बहाव सतर्कता तहभन्दा तलै रहने महाशाखाले जनाएको छ।
मौसम पूर्वानुमान महाशाखाले पनि आज (सोमबार) तराईमा भन्दा विशेषगरी देशका पहाडी क्षेत्रमा वर्षा हुने सम्भावना रहेको जनाएको छ।यसैकारण पहाडी क्षेत्रका बासिन्दाले सतर्कता अपनाउन जरुरी रहेकाे उनले बताए।
काठमाडौँ उपत्यकासहित देशका केही भागमा सोमबार बिहानैदेखि घाम लागेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले दिनभरि घाम लाग्ने अवस्था भने नरहेको र पानी पर्ने सम्भावना पनि कम रहेको जनाएको छ । देशका अधिकांश क्षेत्रमा सोमबार आंशिकदेखि सामान्य बदली हुने मौसमविदले बताएका छन् ।
महाशाखाले आगामी तीन दिनसम्म देशका विभिन्न ठाउँमा आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुने संभावना रहेको जनाएको छ ।































प्रतिक्रिया