काठमाडौं । सिंगटी हाइड्रो इनर्जीले आजदेखि शतप्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको छ। कम्पनीले १ः१ अनुपातमा १ करोड ४५ लाख कित्ता सेयर बिक्री खुला गरेको हो। जसअनुसार यसले १ सय अंकित मूल्यमा १ अर्ब ४५ करोड रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गरेको हो।
यस हकप्रद सेयरलाई क्रेडिट रेटिङ एजेन्सी केयर नेपालले केयर एनपी डबल रेटिङ्ग प्रदान गरेको छ। यसले वित्तीय दायित्व पुरा गर्ने क्षमता मध्यम जोखिम रहेको संकेत गर्दछ। यस हकप्रद सेयरमा कुमारी क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ।
सेयरमा कुमरी क्यापिटल र कुमारी बैंकको तोकिएको शाखा कार्यालदयबाट आवेदन दिन सकिन्छ। यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ। हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ४५ करोड रुपैयाँ रहेको छ।
हकप्रद सेयर जारी भएपछि यस कम्पनीको चुक्ता पूँजी २ अर्ब ९० करोड रुपैयाँ पुग्नेछ। यस हकप्रद सेयरको लागि कम्पनीले पुस २२ गते बुक क्लोज गरिसकेको छ। तसर्थ, पुस १९ गतेसम्म कायम लगानीकर्ताले सेयर दाबी गर्न पाउनेछन्। सिंगटी हाइड्रोले जारी गर्न लागेको हकप्रद सेयरमा लगानीकर्ताले फागुन २२ गतेसम्म आवेदन दिन सक्नेछन्।































प्रतिक्रिया