काठमाडाैँ। टोयोटाको यारिस क्रस हाइब्रिड इलेक्ट्रिक भेहिकल नेपाली बजारमा सार्वजनिक भएको छ ।
टोयोटाको नेपालका लागि आधिकारिक विक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेटले शुक्रबार हाइब्रिड मोडल यारिस क्रस नेपालमा सार्वजनिक गरेको हो । नेपाली बजारमा यारिस क्रस हाइब्रिडको मूल्य एक करोड २२ लाख रुपैयाँ तोकिएको छ ।
टोयोटाको नयाँ यारिस क्रसमा अटोमेटीक हाइबीम सहितको हेडलाइट, एलइडी डीआरएल, एलइडी फग लाइट र कनेक्टेड एलइडी टेललाइट दिइएको छ । पहिलो पटक कम्पनीले यो मोडलमा मल्टी कलर एम्बियन्ट लाइट पनि दिएको छ ।
सुरक्षाका लागि यो एसयूभीमा ६ एयरव्याग, भेहिकल स्टेबिलीटी कन्ट्रोल, एन्टी–लक ब्रेकिङ सिस्टम, इमरजेन्सि स्टप सिग्नल, हिल स्टार्ट असिस्ट कन्ट्रोल, रिभर्स क्यामेरा, फ्रन्ट र रियर दुबै साइडमा पार्किङ सेन्सर, जस्ता आधुनिक फिचर रहेको छ ।
१.५ लिटर फोर सिलिण्डर ड्यूल भीभीटी–आई इन्जिन रहेको नयाँ एसयूभीमा ४.३ एम्पियर आवरको लिथियम आयोन ब्याट्री प्याक जडान गरिएको छ । रिजेनेरेटीभ ब्रेकिङ सिस्टम रहेको गाडीमा ई–सीभीटी गियरबक्स पाउन सकिन्छ । यारिस क्रसले २६ किलोमिटर माइलेज दिने दावी गरिएको छ ।
यारिस क्रसको लम्बाई ४३१० एमएम, चौडाई १७७० एमएम र उचाई १६१५ एमएम छ । साथै यसको ग्राउन्ड क्लिरियन्स २१० एमएम छ । यसमा २६२० एमएम लामो ह्वीलवेस र १८ इन्चको टायर पाउन सकिन्छ ।
यो नयाँ एसयुभीमा प्यानोरेमिक ग्लास रूफ, १०.१ इन्चको इन्फोटेन्मेन्ट सिस्टम, ७ इन्चको मल्टी इन्फर्मेशन डिस्प्ले, ६ स्पीकर, र प्यानोरेमिक ३६० डिग्री क्यामेरा साथै, पार्किङ ब्रेक, अटो होल्ड लगायत फिचर दिइएको छ ।
यो मोडलमा ८ वे पावर इलेक्ट्रीक ड्राइभर सिट, वायरलेस मोवाइल चार्जर, एपल कारप्ले, एन्ड्रोइड अटो र किक सेन्सर सहितको पावर टेलगेट पाउन सकिन्छ।































प्रतिक्रिया